|

काठमाडौं : नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ।

झापा कमल गाउँपालिका–५ लखनपुरका ८८ वर्षीय दाहालको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपराह्न निधन भएको हो ।

कांग्रेस झापाका पूर्वसभापतिसमेत रहेका दाहाल त्यागी नेताका रूपमा चिनिन्छन्। विभिन्न कालखण्डमा पाँच वर्ष जेल, तीन वर्ष निर्वासन, पटकपटक नजरबन्दी, अञ्चल निष्कासन, राजकाजसम्बन्धी मुद्दामा सजाय भोगेका थिए।

शर्माले छ दशकसम्मका शैक्षिक तथा राजनीतिक जीवनका अन्तरवस्तु समेटेर तीन वर्षअघि ‘त्यागको परिणाम’ नामक आत्मवृत्तान्त प्रकाशन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.