|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बिहान ९ बजे शुरु हुँदैछ। 

महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज आर्थिक प्रतिवेदन र संसदीय दलको प्रतिवेदन प्रस्तुत हुने पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। मंगलबारको बैठकमा पनि छलफल र प्रतिवेदन मात्रै प्रस्तुत हुनेछ। 

पार्टीको आगामी कार्यादेशबारे भने बुधबार मात्रै निर्णय लिइने परियारले जानकारी दिए। यसअघि बैठकको पहिलो दिन हिजो अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत र प्रदेश सभापतिहरुले प्रदेशको राजनीतिक सांगठनिक प्रतिवेदन पेश गरेका थिए।

सोमबार शुुरु भएको संयुक्त बैठक बुधबार समापन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.