|

काठमाडौं : नाटक ‘मानिस हराएको सूचना’ को थापागाँउस्थित मण्डला थिएटरमा मञ्चन सुरू भएको छ।

झ्याल आर्ट र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय रहेको छ।

अमित गिरीको लेखन तथा गिरी र सन्तोष विष्टको निर्देशनमा नाटक तयार गरिएको हो।

हरेक दिन सोमबार बाहेक साँझ ५ बजे मञ्चन हुने  यस नाटक  मंसिर २४ गतेसम्म चल्नेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत मञ्चन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.