|

काठमाडौं : अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ। नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो। मंसिर ३० सम्म चल्ने महोत्सवको शनिबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका हुन्।

महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिएका छन्। उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौंमै छन्।

कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी छन्। 

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आएका छन्। महोत्सवमा सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ।  

यसअघि महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिएको थियो।

केही तस्वीर झलक :

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.