|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर १ हजार ८५२ दशमलव ७७ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५८ अङ्कले उकालो लागेर ३५२ दशमलव २८ मा पुगेको छ। 

कूल ९५ लाख ५ हजार ६०८ कित्ता शेयर २ अर्ब ७९ करोढ ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ। सो कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार १ सय रुपैयाँ बराबरको कारोबार भयो।

सिटिजन लाइफ इन्स्योरेन्स ९ करोड ५४ लाख ६८ हजार ७९६ रुपैयाँ, सोनापुर मिनरल्स ९ करोड २७ लाख ६१ हजार ३६८ रुपैयाँ, माउण्टेन इनर्जी ८ करोड ७६ हजार २८ हजार ६४२ रुपैयाँ र ग्लोबल आईएमई बैंकको संस्थापक शेयर ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त ९ दशमलव ९७, सीवाईसी नेपाल लघुवित्त ९ दशमलव ९१, नबिल ब्यालेन्स फण्ड दोस्रो ९ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले ७ दशमलव शून्य ५ प्रतिशतले कमाएका छन्।

ग्लोबल आईएमई लघुवित्त ७ दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर ५ दशमलव ४१, विजय लघुवित्त ५ दशमलव १९, मेछ्यान हाइड्रोपावर २ दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ९० प्रतिशतले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.