|

काठमाडौं : चिकित्सा शिक्षाको सुधारको लागि लामो समयदेखि लड्दै आएका डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति  गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार  एक प्रेस विज्ञप्ति जारी गरेर उनले आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा  कुनै पनि हालतमा दलीय भागवण्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न माग गरेका हुन।

डा केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘पछिल्लो समय चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको छनोट प्रक्रियामा देखा परेको अन्योलप्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रथमतः सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको छ। एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ। त्यसमा हाम्रो गम्भीर आपत्ति छ।'

केसीले सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको आरोप समेत लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.