|

झापा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुंगा हान्दैमा पहिचानवादी बन्न नसकिने बताएका छन्।

दमक नगरपालिकामा आयोजित कार्यक्रममा  मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै  भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिए।

‘पहिचानवादीको नाममा हुँदै आएका गतिविधिलाई सरकारले गम्भीर रूपमा लिँदै आएको छ’, उनले भने, ‘पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुनअनुसार नियन्त्रण गर्न सरकार बाध्य हुनेछ।

पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनको भनाइ छ। उनले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए। उनले भने, ‘पहिचानको मुद्दा यो सरकारले अनुभूति हुने गरी काम गर्नेछ, त्यसमा चिन्ता लिनुपर्दैन।’

उनले आफू मुख्यमन्त्री भएपछि प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताए। अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी काम थाल्ने जानकारी दिए।    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.