|

काठमाडौं : केही सत्य घटनाहरूलाई समेटेर तयार पारिएको नाटक ‘मोन्टेज’ मञ्चन भइरहेको छ।  सिनामंगलस्थित पुरानो घर थिएटरमा यहीँ मंसिर २२ गतेदेखि मञ्चन भइरहेको हो।

राजकमल र पुजा विश्वकर्माको संगित रहेको नाटक ‘मोन्टेज’ यहि पौष १५ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा सुलक्षण भारती, रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय रहेको देख्न सकिन्छ।

शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.