|

काठमाडौं :  बाह्रौँ हस्तकला दिवसका अवसरमा हस्तकला व्यापार मेला सुरू भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामाआजदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला अन्नपूर्ण होटलमा सुरू भएको हो।

हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले २०४८ सालदेखि हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ।

पाँच दिनसम्म चल्ने उक्त मेला एक लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ। मेलामा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.