|

काठमाडौं : नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन काठमाडौंमा शनिबार शुरु भएको छ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले ​गरेका छन्। अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले राष्ट्र एउटा संकट र दोधारमा उभिएको दाबी गरे।

उनले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए।

उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताए।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी छन्।

यस्तै महानगरपालिका र उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.