|

काठमाडौं : देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.