|

काठमाडौं : नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा सोमबार एपीएफ र वण्डर क्लब नोयडा तथा नेपाल आर्मी र उत्तर प्रदेश–११ भिड्दैछन्। वीरगञ्जको नारायणी मैदानमा हुने पहिलो खेलमा एपीएफ र भारतीय क्लब वण्डर नोयडाबीच प्रतिस्पर्धा हुनेछ। 

जारी प्रतियोगितामा लगातार दुई खेल हारिसकेको नोयडा  पहिलो जितको खोजीमा हुँदा पहिलो खेलमा जित र दोस्रो खेलमा हार व्यहोरेको एपीएफ दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। ६ टोली सहभागी प्रतियोगितामा एपीएफ चौथो र नोयडा अन्तिम स्थानमा छन्। 

दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा शीर्ष स्थानको नेपाल आर्मी र भारतको उत्तर प्रदेश–११ बीच प्रतिस्पर्धा हुनेछ। लगातार तीन खेलमा जित निकालेको आर्मी शीर्ष स्थानमा छ।

लगातार तीनवटै खेलमा पराजित भएको उत्तर प्रदेश अंकविहीन रहँदै पाँचौ स्थानमा छ। प्रो क्लब च्याम्पियनसिपमा नेपालका ४ र भारतका दुई टोलीको सहभागिता छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.