|

काठमाडौं : एरिना सेबालेन्काले रियाद सिजन टेनिस कपको उपाधि जितेकी छन् ।​

साउदी अरबको रियादमा भएको खेलमा बेलारुसकी सेबालेन्काले ट्युनिसियाकी अन्ज जबेरमाथि तीन सेटको पुनरागमन जित निकालेकी हुन्। 

प्रतिस्पर्धात्मक खेलमा सेबालेन्काले सुस्त सुरुवात गरेकी थिइन्। जबेरले पहिलो सेट सहजै ६–४ ले जितिन्। तर पूर्वनम्बर एक सेबालेन्काले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन्।

हाल विश्व वरीयताको दोस्रो स्थानमा रहेकी उनले ६–२ को जितका साथ बराबरी गरेकी थिइन्। तेस्रो सेट ६–२ ले जितेपछि सेबालेन्काले वर्षको सुखद अन्त्य गरिन्। 

यी दुई बीचको खेल करिब २ घन्टासम्म चलेको थियो। अब सेबालेन्काले ब्रिसबेन इन्टरनेसनल ओपनमा सहभागिता जनाउने छिन्। यो प्रतियोगिता वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तयारी पनि हो।​

रियाद टेनिस कपको पुरुष प्रतिस्पर्धामा आज विश्व नम्बर एक नोभाक जोकोभिच र नम्बर दुई कार्लोस अल्काराज आमनेसामने हुनेछन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.