|

काठमाडौं : विपिन कार्की नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका चर्चित अभिनेता हुन्। विपिन कार्कीलाई उनको वास्तविक नाम भन्दा पनि फिल्म 'पशुपति प्रसाद'को 'भस्मे डन' भनेर चिन्ने धेरै छन्। झण्डै एक दशकदेखि कलाकारितामा रहेका विपिनलाई चिनाउने पात्र त्यही 'भस्मे डन' भयो। उनलाई दर्शकले 'छड्के' फिल्मको बिन्दु माझी, 'पशुपतिप्रसाद' फिल्मको 'भस्मे डन' र 'जात्रा' फिल्मको फडिन्द्र तिमल्सिना उर्फ 'फडु'ले चिन्छन्।

उनले 'छड्के' 'पशुपति प्रसाद' 'जात्रा' 'कालो पोथी' 'सुन्तली' 'लुट २' लगातका फिल्ममा अभिनय गरिसकेका छन् भने उनको अभिनय रहेको केही फिल्महरु रिलिजको क्रममा छन्।

विपिनले 'भस्मे डन' तथा 'फडु' पत्रबाट उनले धेरै फ्यानहरु कमाएका छन्। पशुपति प्रसादबाट 'युवा पुस्ता'मा लोकप्रिय बनेका उनले फिल्म जात्राबाट वृद्धवृद्धाको पनि मन जित्न सफल भए। पशुपति प्रसादमा उनले गरेको छुच्चो क्यारेक्टर अनि उनको स्वरले युवा पुस्ता उनिमा आकर्षित भए भने 'जात्रा'मा उनले गरेको सोझो भुमिका वृद्धवृद्धाले मन पराइदिए।

वास्तवमा यति धेरै फ्यान फलोअर्स कमाएका उनी आफूचाहिँ कसका फ्यान हुन त? हो, त्यही विषयमा उनले थाहाखबरसँग आफुलाई मन पर्ने ५ हिरोइनको नाम लिएका छन्। को को हुन् त विपिनलाई मन पर्ने हिरोइन?

१. प्रियंका कार्की : विपिनलाई मन पर्ने नायिकाको पहिलो नम्बरमा पर्छिन् प्रियंका कार्की। प्रियंका अहिलेको सर्वाधिक व्यस्त नयिका पनि हुन्। काम गर्दा खुलेर काम गर्ने भएकाले विपिनलाई प्रियंका मन पर्छ। भन्छन् 'प्रियंका एकदमै खुलेर काम गर्न सक्छिन् जस्तो लाग्छ। उनी काम गर्दा कुनै संकोच मान्दिनन्।' विपिनलाई प्रियंकाको डान्स पनि मन पर्छ।

२. वर्षा राउत : वर्षा राउत अहिले नेपाली फिल्म क्षेत्रकी हट केक हुन्। उनले अभिनय गरेका तीनवटै फिल्म सफल भएपछि उनलाई 'ह्याट्रिक हिरोइन' पनि भन्ने गरिन्छ। फिल्म 'जात्रा'मा सँगै काम गरेका विपिनलाई वर्षा राउत मन पर्छ। वर्षाको काम गर्ने तरिका उनलाई मन परेको हो। 'उसले नपत्याउदो तरिकाले काम गर्न सक्छ', भन्छन् 'जस्तो सुकै काम पनि हल्का पाराले गर्छिन वर्षा।'

३. नम्रता श्रेष्ठ : विपिनलाई मन पर्ने अर्को नायिका हुन्, नम्रता श्रेष्ठ। नम्रता श्रेष्ठलाई अहिलेकी सफल अभिनेत्रीको रुपमा लिइन्छ। नम्रताको काम प्रतिको लगाव कार्कीलाई मन पर्छ। 'उनको काम प्रतिको लगाव मलाई मन पर्छ', भन्छन् 'उनको लुक्स पनि मलाई राम्रो लाग्छ।'

४. रेखा थापा : फिल्म क्षेत्रमा रेखा थापालाई हिरोको उपमा दिने पनि धेरै छन्। उनले फिल्ममा निर्वाह गर्ने भूमिका कुनै हिरोको भन्दा कम हुन्न। उनी फिल्ममा भिलेनलाई कुट्ने देखी स्टन्ट पनि गर्छिन्। हो विपिनलाई पनि रेखा थापाको त्यही हिरोइजम मन पर्छ। भन्छन् 'रेखा थापाको फिल्ममा निर्वाह गर्ने भूमिका राम्रो लाग्छ। राम्रो अभिनय गर्न सक्ने अभिनेत्री रेखा थापाको हिरोइजम मलाई मन पर्छ', उनले थपे।   

५. मेनुका प्रधान : फिल्म क्षेत्रमा आफ्नो अभिनयबाट दर्शकको मन जितेकी नायिका मेनुकाले विपिनको पनि मन जितेकी छिन्। वपिन मेनुकामा जस्तो सुकै भुमिकालाई पनि राम्रोसँग निर्वाह गर्ने सक्ने क्षमता देख्छन्। भन्छन् 'मेनुकाले जस्तोसुकै रोललाई पनि न्याय गर्न सक्छ। मेनुकामा त्यो खुवी छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.