|

बैतडी : बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा हिजो साँझ  विद्युतको तार सर्ट भइ आगलागी भएको हो। थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ।

यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए।

आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको लिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.