|

रौतहट : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ। 

रौतहटको चन्द्रनिगाहपुरमा शुक्रवार मधेश प्रदेशको पदाधिकारी र बैंक तथा वित्तीय संस्थापीडित संघर्ष समितिको संयुक्त बैठकबाट सो निर्णय भएको हो। 

बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा नागरिकलाई सहज कर्जा दिलाउन माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्ति जारी गर्दै मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए।

बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेशको प्रत्येक जिल्लामा दिउँसो मोटरसाइकल र्‍याली र साँझ मसाल जुलुस गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.