|

काठमाडौं : बालरोग विशेषज्ञ डा. महेशकुमार गौतम शनिबार परिवारसहित चित्लाङ जाँदै थिए। उनले चलाएको निजी जीपमा श्रीमती, छोराछोरी र सासू र ससुरासहित ६ जना सवार थिए। 

उक्त कार थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत सेतोपहरामा दुर्घटना भयो। दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाइँ ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम छन्। 

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञको रूपमा कार्यरत डा गौतम हाल लाजिम्पाटस्थित नेशनल आस्थ्मा एलर्जी केन्द्र लाजिम्पाट निर्देशकको रूपमा कार्यरत रहेको बताइएको छ। 

दुर्घटनामा परी उनीहरूका  छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको छ भने ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको बताइएको छ। गाडी ब्याक हुन थालेपछि डा. सृष्टि ओर्लिनासाथ जीप भिरबाट खसेर दुर्घटना भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.