|

गौर : घूस खाएको आरोप लागेका रौतहटको देवाही गोनाहीका तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेलले विशेष अदालत काठमाडौँबाट सफाइ पाएका छन्। उनीसँगै सहयोगीको रूपमा रहेका अशोक पटेलले समेत सफाइ पाएका हुन्।

शुक्रवार न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र न्यायाधीश रीतेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो।

२०७८ फागुन १५ गते तत्कालीन नगरप्रमुख पटेल नगरपालिकामा आफ्नै कार्यकक्षमा पक्राउ परेका थिए।

उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो। देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लासँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो।

पक्राउलगत्तै उनी अख्तियारद्वारा निलम्बित भएका थिए। पटेल निलम्बित भएकै कारण गत स्थानीय निकायको निर्वाचनमा उनी उमेदवारीबाट वञ्चित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.