|

काठमाडौँ : निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै राष्ट्रपतिबाट विभूषित मालपोत अधिकृत लेखा पनेरू घूस प्रकरणमा दोषी ठहर भएकी छन्। 

मालपोत कार्यालय ताप्लेजुङकी तत्कालीन अधिकृत पनेरूलाई विशेष अदालत काठमाडौंले ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना हुने सजाय सुनाएको हो। उत्कृष्ट कर्मचारीको तक्मा लिएको केही दिनपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घूस लिएको आरोपमा पक्राउ गरेको थियो।

न्यायधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पनेरूले भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा रहेकी भावना महतलाई भने सफाइ दिएको छ।

सरकारी साक्षीका रूपमा पेश गरिएकी महतले प्रतिकूल वकपत्र गरेको दाबीसहित अख्तियारले मतियारमा कसुर भएको भन्दै १ लाख ५० हजार बिगो कायम गरी आरोपपत्र दायर गरेको थियो।

उनी २०७९ साल वैशाखमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित भएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.