|

रौतहट : पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। 

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान ४ बजेतिर ठक्कर दिँदा चन्द्रपुर–५ का ५५ वर्षीय बोधनाथ पौडेलको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यका अनुसार ‘मर्निङ वाक’मा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडि बसले ठक्कर दिएको हो। 

अत्यधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ। ठक्कर दिने बस र चालक चन्द्रपुर नगरपािलका ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.