|

स्कन्द गौतम

काठमाडौं : अहिले जाडोको सिजन हो। नेपाली मौसममा कात्तिकदेखि नै चिसो हुने गरे पनि पुस र  माघमा भने बेस्सरी चिसो हुने गर्छ। जाडोको समयमा मानिसमात्र होइन सम्पूर्ण प्राणी जगतलाई नै समस्या पर्ने हामी सहजै अनुमान गर्न सक्छौँ।

जाडोले हाम्रो दैनिक जीवनमा पक्कै पनि असर गर्छ,  हामी घरभित्र न्यानो भएर बस्छौँ। तर, यस्तो जाडो मौसममा जङ्गलमा बस्ने जनावर चराचुरुङ्गीहरु के गरिरहेका होलान? उनीहरू के कसरी दिन बिताउँछन् होला? यो जिज्ञासा मेटाउनका लागि हामीले चितवन राष्ट्रिय  निकुञ्जको सफारीसँगै विभिन्न जंगली जनावर र पन्छीहरूलाई क्यामेरामा कैद गरेका छौँ।

भर्खरै मात्र भरतपुर महानगरपालिकाले अङ्ग्रेजी नया वर्षलाई भ्रमण वर्ष घोषणा गरेको छ। चिसो मौसममा  धेरै जसो जनावरहरु घाम ताप्न बाहिर निस्कने भएकाले जाडो मौसमा पनि धेरै प्रजातिका चराचुरुंगी र जनावरहरू देख्न सकिन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.