|

 काठमाडौं : यहाँ पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ। बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज सोमबार पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) भएको हो।

प्रतियोगितामा महिलातर्फ २० जना र पुरुषतर्फ ३८ जना गरी कुल ५८ जनाले सहभागिता जनाए। प्रतियोगितामा  पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार तथा हेङ्गिङ ब्याच पुरस्कार रहेको छ। 

आरोहणको खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको हो।

कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.