|

बारा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीभित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताए। उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिए।

महामन्त्री थापाले मधेसमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.