|
फाइल तस्वीर

गण्डकी : पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्रछात्राको सहभागिता रहने उनले बताए। 

७ चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा २ समूह सहभागी हुन पाउने नियम राखिएको छ। एउटा समूहमा २ छात्र वा २ छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताए। 

प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र पाउने छन्।

चौथो र पाँचौँ हुनेले क्रमशः २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्रबहादुर गुरूङले बताए। छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने ५ जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.