|

भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्द गर्नुपरेको बताएको छ। संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिएका हुन्।

मन्त्रीले प्रश्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्द भएका थिए। गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्द भएको तथ्यांकले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.