|

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको विष्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन्।

प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै विष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताए।

विष्फोट लगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो। विष्फोटको कारण अझै खुल्न सकेको छैन। आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.