|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बसेको छ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायतका दलहरु सभागी थिए। आजको बैठक अनौपचारिक भएको र संघीयता कार्यान्वयनमा सत्ता साझेदार दलको भूमिका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको सचिवालय सदस्य मनहरी तिमिल्सिनाले जानकारी दिए। बैठक सकिएको पनि उनले बताए। 

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन र कोशी प्रदेशमा फ्लोर क्रस र त्यसको असरबारे पनि समीक्षा भएको छ।  कोशीमा माओवादीले पाएको धोकाले उसले अध्यक्षमा आफ्नो दाबी रहने बताएपछि कांग्रेस सशंकित बनेको छ। गठबन्धनको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनु पर्ने हो। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.