|

हेटौँडा : मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा फैलिएको भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा चिकित्सकसहितको टोली पुगेको छ।

एक साताअघि भाइरल ज्वरोको प्रकोप फैलिएको राक्सिराङ गाउँपालिका–९ को तर्लिङमा चिकित्सsसहितको टोली पुगेर स्वास्थ्य जाँच गरेको हो।

राक्सिराङ गाउँपालिका–९ स्थित खैराङ स्वास्थ्य चौकीका अहेव रीता थिङले प्रकोप फैलिएको तर्लिङ क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी आएर स्वास्थ्य जाँच गरी फर्किएको जानकारी दिइन्। मनहरी अस्पतालका डा. विजय साहसहित ६ जनाको टोलीले तर्लिङमा पुगेर शिविर सञ्चालन गरेको थियो।

अहेव थिङले तर्लिङ क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले करिब ५० जनाको पुनः स्वास्थ्य जाँच गरी औषधिसमेत दिएको बताइन्।

अहेव थिङले तर्लिङ क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपमा सुधार आए पनि पनि पछिल्लो समयमा सोही लक्षणको समस्या सोही वडाको अठारेमा देखिएको जानकारी दिइन्।

उनले अठारेस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको भन्दै आफूसहित २ जना स्वास्थ्यकर्मी गएर विद्यार्थी र शिक्षक गरी ४० जनाको स्वास्थ्य जाँच गर्दा उनीहरुमा ज्वरो, रुघा, खोकीलगायतका समस्या देखिएको बताइन्।

भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा बिरामीको चाप बढेका कारण शुरुवातदेखि नै औषधि अभाव रहेको छ। तर्लिङमा भाइरल प्रकोपका कारण स्थानीय ६० वर्षीय टीकाबहादुर नगरकोटीको गत शुक्रवार मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.