|

मकवानपुर : चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।

गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन।

नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीबार विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्।

पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ। 

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा १०० ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र बनेको थपलियाले बताए।

दोस्रो कार्यकालको एक वर्ष बित्दा प्रदेश सभाको जम्मा ५६ वटा बैठक बसेको छ ।

‘ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन। आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन’, उनले भने।

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए। उनले भने, ‘सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.