|

गरुडा : नेकपा एमाले रौतहटको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

गरुडामा बिहान १० बजेबाट मतदान सुरु भएको हो। मतदान दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए।

निर्वाचनमा कुल ४ सय २६ मतदाता रहेका छन्। दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि मतदान भएको हो।

जिल्ला अध्यक्षका लागि अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी रहेको छ। यसैगरी उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी रहेको छ।

सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी रहेको छ भने उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँचजनाको उम्मेदवारी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.