|

काठमाडौँ : काठमाडौँका जडिबुटीमा शुक्रबार साँझ भीषण आगलागी भएको छ। जडिबुटीको एउटा हाेटलमा आगलागी भएको प्रहरीले जनाएको छ।

उपत्यकाका विभिन्न क्षेत्रबाट मगाइएको ४ दमकलको सहयोगमा स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्खरै आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।

उनले ४ वटा दमकलको सहायतामा आयो नियन्त्रणमा ल्याएको बताए । क्षतिको विवरण भने आउन बाँकी छ।

उनले विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको बताए। बेलुकी साढे ८ बजेको समयतिर आगलागी शुरु भएको थियो। आगलागीबाट फर्निचर जलेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.