काठमाडौँ : नेपाल आँखा अस्पतालको १९औँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
चारवर्षे कार्यकालका लागि अस्पतालको आज (शुक्रवार) भएको साधारणसभाले कार्यसमिति अध्यक्षमा डा. पोखरेललाई चयन गरेको हो। आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिनेछ।
नवगठित कार्यसमिति सदस्यमा कृपासुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए। उनीहरु सबै अस्पतालका आजीवन सदस्य हुन्।
नेपालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल संरक्षक रहेको अस्पतालमा हाल १२४ जना आजीवन सदस्य र १३६ जना कर्मचारी छन्।
उच्च अदालतका पूर्वन्यायाधीश एवं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे।
नतिजा सार्वजनिक भएसँगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सबै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।