|

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललतिपुरको गोदावरीमा आजबाट सुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ।

कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित छन्। बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ। प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ। त्यस्तै प्रवक्ता डा प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.