अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह कांग्रेसका मतदाताले रुचाएनन्

|

काठमाडौँ : नेपाली कांग्रेस वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनबाट उपलब्धि प्राप्त हुनुका साथै असन्तुष्टि र चुनौती पनि बढेको औँल्याएको छ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रतिवेदनमा यसबारे गठबन्धनलाई फरक मतको चुनौतीपूर्ण सहकार्यका रूपमा अर्थ्याइएको छ। 

शर्माको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो प्रतिनिधिसभाको विघटनपछि संसद् र संविधान रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा गयौँ। हाम्रो पृष्ठभूमि र वैचारिक धार भिन्न थियो र छ। त्यसैले चुनावमा गठबन्धन गर्नु सही या गलत भन्ने विवादबीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौँ। त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’

गत वर्षको चुनावमा भएको तालमेलको समीक्षा गर्दै महामन्त्री शर्माले गठबन्धन गरेकै कारण कांग्रेस अहिले तीनै तहमा पहिलो दल बन्न सफल भएको उल्लेख गरेका छन्। तर अहिले चिन्तन गर्नैपर्ने भन्दै उनले त्यो जिम्मा महासमितिलाई दिएका छन्। 

प्रतिवेदनमा भनिएको छ, ‘२०७९ को निर्वाचनमा गरिएको गठबन्धनका क्रममा र परिणामपश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्मचिन्तन भने महासमितिमा हामीले गर्नैपर्ने हुन्छ– पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न। दोस्रो, गठबन्धनमार्फत पहिलो दल त बन्यौं, तर समानुपातिकतर्फ २०७४ को तुलनामा हामीले करिब ७% मत गुमाउनुको वास्तविक कारण के हो ? पहिचान र निदानको प्रश्न।’  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.