|

काठमाडौँ : दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 

उनीहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही रहेका काठमाडौँ प्रहरीले जनाएको छ। 

माघ  २९  मा यातायात विभागका महानिर्देशक रिजाल र फागुन ४ मा डीडीसीका महाप्रबन्धक झालाई दुव्र्यवहार गरिएको थियो। 

उनीहरु चन्दा माग्ने कार्यमा संलगन रहेको पनि प्रहरीले बताएको छ । त्यसपछि कालोमोसो दलिएको थियो ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.