काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ। जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले गएराति ब्रेनफोर्डलाई १-० गोलले हराए। निकै प्रतिस्पर्धात्मक खेलमा हालान्डले ७१ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक रह्यो। यो जितपछि डिफेन्डिङ च्याम्पियन सिटीको २५ खेलबाट ५६ अंक भएको छ।
यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग एक अंकको दूरी हो। लिभरपुलको समान २५ खेलबाट ५७ अंक छ। आर्सनल भने तेस्रो स्थानमा झरेको छ र उसको ५५ अंक छ। ब्रेन्टफोर्ड भने २८ अंकमा १३ औं स्थानमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।