|

काठमाडौं : नेपाली क्रिकेटको ए टिमले आज क्यानाडा–११ सँग निर्णायक खेल खेल्दैछ।  तीन खेलको एक दिवसीय सिरिज अन्तर्गतको तेस्रो खेल बिहान सवा ९ बजेदेखि मूलपानी मैदानमा हुँदैछ।

क्यानाडा–११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानाडालाई २ विकेटले हराएको थियो। सिरिज अहिले एक–एकको बराबरीको अवस्थामा छ। 

दोस्रो खेलमा क्यानाडालाई हराएपछि भने नेपाल–ए का खेलाडी आत्मविश्वासी बनेका छन्। नेपाली टिममा दोस्रो रोजाईका खेलाडी रहे पनि ओडीआई मान्यता प्राप्त क्यानडासँग पहिलो रोजाईका खेलाडी छन्। दोस्रो खेलमा अर्जुन कुमाल, सन्दीप जोरा, बसिर अहमद र राशिद खानले सानदार ब्याटिङ गरेर क्यानाडालाई हराएका थिए।

नेपाल आज सिरिज जित्ने लक्ष्यमा छ। क्यानाडाको टिम आईसीसी विश्वकप लिग टुको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीमा छ। सोही अनुसार क्यानाडाले नेपाल ए सँग सिरिज खेलेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.