|

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार  भ्यान र ट्र्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। तीन महिला, दुई पुरुष र एक बालकको मृत्यु भएको छ हो।  १६ जना घाइते भएका छन्।

जिल्लाको दुनियापुर क्षेत्रमा बिहेका जन्ती बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। उनीहरूमध्ये सातजनाको अवस्था गम्भीर छ।

प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.