|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३४ अंकले उकालो लागेर २ हजार १ दशमलव ६४ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ अंकले उकालो लागेर ३५७ दशमलव शून्य ९ मा पुगेको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कूल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्। 

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६९० रुपैयाँ बराबरको कारोबार भयो।

शिवम् मिसेन्ट ८ करोड २९ लाख ८२ हजार ६६८ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स ६ करोड ४० लाख २६ हजार ९३९ रुपैयाँ, घोराही सिमेन्ट ५ करोड ४ लाख ९० हजार २६९ रुपैयाँ र हिमालयन डिस्टिलरी ३ करोड ५८ लाख ६८ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी ९ दशमलव २६, बोटलर्स नेपाल तराई ८ दशमलव ७२ र गुराँस लघुवित्तका शेयरधनीले ८ प्रतिशतले कमाएका छन्।

चिर्खवा हाइड्रोपावर ५ दशमलव शून्य ६, कालिञ्चोक दर्शन ४ दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र ३ दशमलव ६२, मैलुङ हाइड्रोपावर ३ दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.