|

संखुवासभा : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

आज (बिहीवार) भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो। पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अंकले खेल जितेको हो।

आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ३–२ सेटले हरायो। कर्णालीले कोशी प्रदेशलाई १८–२५, १९–२५, २५–२३ र १५–१२ अंकले हराएको हो।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले नै पराजित गर्‍यो। सुदूरपश्चिम सो खेलमा २५–१७, २६–२५, २५–२३ र १५–६ अंकले विजयी भयो।

यही फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले ५० हजार रुपैयाँ र चौथो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.