|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।

आज भएको खेल सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। गण्डकी प्रदेशले ३–२ सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

गण्डकी प्रदेशले १७–२५,२५–२१, २६–२४ र १५–११ अंकले जितेको हो। त्यसैगरी अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको छ। एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१६, २५–२२ र २५–१९ अंकले जितेको छ। भोलि हुने फाइनल खेलमा विजेताका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिडन्त गर्दै छन् भने तृतीय स्थानका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

प्रतियोगिताका विजेताले नगद तीन लाख रुपैयाँ, उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद ५० हजार रुपैयाँ र चौथो हुने टिमले नगद ३० हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी उत्कृष्ट ५ विधालाई नगद ५० हजार र सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब सहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टिम सहभागी थिए।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा फागुन १५ गतेबाट मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो। मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता फागुन १९ गते समापन हुने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.