|

पर्वत : ११४ औँ अन्तरराष्ट्रिय नारी दिवसमा पोखरा महानगरभित्र सञ्चालित विभिन्न व्यावसायिक फर्मका २० जना महिला उद्यमीलाई सम्मान गरिएको छ।

महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो।

पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रममार्फत ऋण लगी व्यवसाय गरेका मध्येबाट १० जना र महानगरभित्रका अन्य १० जना सफल उद्यमी महिला गरी २० जनालाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो। महिला दिवसका दिन शिवरात्रि पनि परेकाले बिहीबार नै सम्मान गरिएको हो।

सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा महानगर–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा महानगर–१७ की वडाध्यक्ष राधिका शाही योगी, पोखरा महानगर–१५ का वडाध्यक्ष तोरण बानियाँ, कार्यपालिका सदस्य भीमकुमारी पुन, कार्यपालिका सदस्य मन्दिरा गौतम, निर्मला पौडेल, पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले उद्यमीलाई सम्मान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.