|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन्।

आइतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्रै पार्टीका पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताए।

उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए। उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राप्रपाले अघि सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयमा छलफल भएको बताए। त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाका सन्दर्भमा पनि छलफल भइराखेको उनले जानकारी दिए।

अध्यक्ष लिङ्देनले भने, ‘अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनका बारेमा कुरा राख्ने क्रम चलिराखेको छ। भोलि अरू सबै निष्कर्षहरू आउँछन्। झडप किन भयो भन्ने खोजी पनि भइराखेको छ। राजनीतिक र पदाधिकारीबीचको विवादभन्दा पनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ।’

शनिवारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार पनि बस्ने उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.