|

काठमाडौँ : छैटौँ संस्करणको झापा गोल्ड कप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।

डोमलाल रंगशालामा आज (सोमवार) भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोलले स्तब्ध पार्दै चर्च ब्वाइजले उपाधि उचालेको हो। 

चर्च ब्वाइजको जितमा ओबायामीले २ गोल गरे भने राजेश परियारले १ गोल गरे। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा थप २ गोल गर्दै उपाधि रक्षा गरेको हो। 

फाइनल खेल जितेसँगै चर्च ब्वाइजले नगद १३ लाख रुपैयाँ हात पारेको छ भने उपविजेतामा सीमित बनेको एपीएफले नगद ७ लाख रुपैयाँमा चित्त बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.