|

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजमा  पपुवा न्युगिनीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। हङकङको मोगं कोगंमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले  तीन विकेट गुमाएर ७० रन बनाएर खेलिरहेको छ। 

६४ रनमा पहिलो विकेट विनोद भण्डारीलाई गुमाएको नेपालले ६५ रन बनाउँदा कप्तान रोहित पौडेल १ रन बनाएर पेभिलियन फर्किए। त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि ४ रन बनाउँदै आउट भए। 

आहिले क्रिममा कुशल भुर्तेल र सन्दीप जोरा क्रिजमा छन्। 

यसअघि भएको  नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए।  त्यसैगरी आजै  हङकङ र पीएनजीबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ।

नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ। फाइनल खेल भोलि हुनेछ। फाइनलमा नपुग्ने टोलीले े हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.