|

काठमाडौं : नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० आईमा एक हजार रन पूरा गरेका छन्।

पपुवा न्यूगिनीविरुद्ध ५९ रन बनाएका कुशलले ३५औँ इनिङमा एक हजार रन पूरा गरेका हुन्। यसक्रममा उनले आठ अर्थशतक  एक शतक बनाए। उनले १००८ रन बनाएका छन्। त्यसअघि टी–२० आईमा दिपेन्द्रसिंह ऐरीले एक हजार रन बनाएका थिए। 

पपुवान्यूगिनी विरुद्धको जारी खेलमा सन्दीप जोराले पनि अर्धशतक पूरा गरेका छन्। निकै आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरेका हुन्। नेपालले अहिले ४ विकेटको क्षतिमा १७औं ओभरमा १५३ रन बनाएर खेलिरहेको छ। 

आहिले क्रिजमा सन्दीप जोरा र गुल्शन झा  छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.