|

हेटौँडा : बागमती प्रदेश सभाको बैठक मंगलबार बस्दैछ। बैठक अपराह्न ३ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। ११ सदस्यीय समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमति लगायत विषयमा अध्ययन तथा परामर्श गरी बैठकमा प्रतिवेदन पेश गर्न सभा

लेनिर्देशन दिएको थियो।

प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.