|

विराटनगर : कोशी प्रदेश टी–२० ट्रफी क्रिकेट प्रतियोगितामा बागमती र त्रिभुवन आर्मीले आजका खेलमा जित हासिल गरेका छन्।

बागमतीले गण्डकीलाई ४ विकेटले हराउँदा त्रिभुवन आर्मीले कोशीलाई ५ विकेटले पराजित गर्दै दुवै टोलीले पहिलो जित हासिल गरेका हुन्।

जितका लागि गण्डकीले दिएको १५१ रनको लक्ष्य बागमतीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। ​बागमतीको जितमा रामनरेश गिरीले अर्धशतकीय पारी खेल्दै अविजित ५० रनको योगदान गरे। 

विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको गण्डकीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो।

आजै भएको अर्को खेलमा कोशीलाई हराउँदै त्रिभुवन आर्मीले जित हात पारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.