|

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

एन्फाले आज (मंगलवार) गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो। 

आयुष घलान, गोलकिपर दीप कार्कीलगायत खेलाडी बन्द प्रशिक्षणमा सामेल नै नभएपछि एन्फाले ६ जना नयाँ खेलाडी समेट्दै फुटबल टोलीको घोषणा गरेको हो। 

भरत खवासले टोलीमा पुनरागमन गरेका छन्। अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन्।

एन्फाका अनुसार यही टोलीले मलेशियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। नेपालले चैत २ गते मलेशियासँग मैत्रीपूर्ण फुटबल खेल्नेछ।

उक्त खेलका लागि नेपाली टोली भोलि नै मलेशिया प्रस्थान गर्दै छ। मलेशियासँगको खेललगत्तै नेपालले फिफा विश्वकप र एएफसी एशियन छनोट खेल्नेछ। 

विश्वकप छनोटअन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई ओटा खेल खेल्नेछ।

नेपालले चैत ८ गते दशरथ रंगशालामा ‘होम’ खेल खेल्ने तालिका भए पनि मैदान खेल्नयोग्य नभएपछि ‘होम एण्ड अवे’ दुवै खेल बहराइनमा हुने तय भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.