|
सांकेतिक तस्वीर

मुगु : कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुस्थित ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना गरिने भएको छ।

खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सघाउन पहिलोपटक पर्यटकीयस्थल रारामा कबड्डी खेलको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए। 

आगामी वैशाखको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कबड्डी खेलाडीको सहभागितामा उक्त खेलको आयोजना हुने बताइएको छ।

पूर्वाधार अभावका कारण प्रायः खेल गतिविधि न्यून हुँदा विभिन्न खेलका खेलाडी खेल्नबाट वञ्चित रहँदै आएका छन्। जिल्ला सदरमुकाममा हालसम्म पनि कुनै पनि किसिमका उपयुक्त खेल मैदान, कभर्डहल नहुँदा मुगुका खेलाडी खेल्ने अधिकारबाट वञ्चित हुँदै आएका छन्।

कबड्डीका लागि पर्याप्त समथल चौर भएको राराको तल्लो मिलीमा आगामी वैशाखको ११ देखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कबड्डी खेलको आयोजनाका लागि सहमति जुटेको अध्यक्ष मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.